Breaking News :

मृगौला पिडित कुँवरलाई आर्थिक सहयोग हस्तान्तरण सहित सहयोगको अपिल

भरतपुर -१६ ब्रहमपुर निवासी बिजय कुँवरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरेर साउदी मा रहेका नेपालिहरुको समूहले संकलन गरेको ४० हजार १०५ नेपाली रुपैँया हस्तान्तरण गरिएको हो ।

साउदीलाई कर्मथलो बनाएर बसेका पूर्ण बहादुर कुँवरको अगुवाइमा रकम संकलन गरेका थिए । सो रकम पूर्ण बहादुर कुँवरको श्रीमती अनुपा कुँवरले पिडित परिवारलाई हस्तान्तरण गरेकि हुन्। अन्दाजी २७/२८ वर्षीय बिजयको दुवै मृगौला बिग्रिएर औषधी उपचारमा आर्थिक कठिनाई भएपछी सहयोगी रकम संकलन गर्न थालिएको हो ।

आर्थिक अवस्था कमजोर रहेको कुँवर परिवार लगातार अस्पताल बस्नुपर्ने र औषधि उपचार गर्नुपर्ने हुनाले आर्थिक समस्याले सताएको बताएका छन् । बिजयको उपचारमा हालसम्म १५ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । विजयका परिवार भन्छन् आर्थिक अवस्था कम्जोर भएर बैंकबाट लिगेको ऋण तिर्न नसक्दा घरवास उठ्ने बेला भैसक्यो।’ आर्थिक अभावले उपचारमा कठिनाइ भैरहेको छ मृगौला रोगीलाई निशुल्क उपचार गरिने भनिएता पनि आज सम्म ६ वटा डाइलाइसीस मध्य २ वटा मात्र निशुल्क भएको परिवारले बताउछन्।

हाल सम्म १५ लाख भन्दा बढी सक्किसक्यो अझै उपचार गर्नु पर्ने छ त्यसको लागि उपचार खर्च जुटाउन मुस्किल रहेको छ पिडित परिवारका छिमेकी रामबाबु थपलियाले भन्छन्।  पिडितका २ वटा छोराछोरी छन्, आमा पनि सुस्तमनस्थितिका छन्, हजुरआमा ७५/८० वर्षका बुढी छन् त्यसैले आर्थिक जो गर्ने कोहि छैनन् भन्दै छिमेकी थपलियाले सहयोगको अपिल गरेका छन्।

सहयोग गर्न चाहनु हुनेले ९८६५०५१३८९/ ९८५५०५५२९१ मा सम्पर्क गर्नसक्नुहुनेछ।

merokhabarsathi

Read Previous

महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन

Read Next

चितवनको नारायणी किनारमा महाआरती, सङ्गीतमय आरती भजनकीर्तनले लोभ्याउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *