Breaking News :

महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन

एन बि आरको आयोजनामा आज बिहिबार साँझ ६ बजे भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरिएको छ।

२०७२ साल बैशाख १२ गते गएको महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम गरिएको हो। कार्यक्रममा चन्द्र सुर्य अंकित नक्सामा धरहराको चित्र कोरेर दीपप्रज्वलन गरिएको थियो। महाभुकम्पमा परी कयौ नेपालीको अकालमा मृत्यु भएको र सो प्राकृतिक प्रकोपले घटाएको घटनाप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन गरिएको एन बि आरका अध्यक्ष मोहन भुषालले जानकारी दिनुभयो।

एन बि आर ले गरेको सो कार्यक्रममा एम डब्लु आर आर, हेल्प फर हेप्पिनेस, दारी ग्यांग लगाएतका सस्थाहरुको सहयोग र उपस्थिति रहेको थियो।

merokhabarsathi

Read Previous

ठोरी स्पोर्टस क्लब रामपुरलाइ हराउदै माडी गोल्डकप फुटबलको फाइनलमा

Read Next

मृगौला पिडित कुँवरलाई आर्थिक सहयोग हस्तान्तरण सहित सहयोगको अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *