Breaking News :

ठोरी स्पोर्टस क्लब रामपुरलाइ हराउदै माडी गोल्डकप फुटबलको फाइनलमा

ठोरी स्पोर्टस क्लब माडीमा चलिरहेको माडी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।आज भएको सेमिफाइनल तर्फको पहिलो खेलमा रामपुर फुटबल क्लब रामपुरलाइ ट्राईबेकरमा ३-४ गोल अन्तरले पराजित गर्दै ठोरी फाइनल प्रवेश गरेको हो।

त्यस अघी निर्धारित समयमा दुबै टोलीबाट १-१ गोल भए पछी खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो । खेलको म्यान अफ दि म्याच ठोरीका गोलरक्षक निश्चल दुलाल घोषित भए । उनले रामपुरको २ पेनाल्टी बचाएका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार स्टार स्पोर्टस क्लब माडी र एभरेष्ट क्लब चितवन बिच खेल हुनेछ । उक्त खेलको बिजेताले उपाधीको लागि ठोरीको सामना गर्नेछ ।बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।

merokhabarsathi

Read Previous

चितवनमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुने

Read Next

महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *