Breaking News :

खुलामञ्च अतिक्रमण भएको भन्दै ‘खुलामञ्चलाई खुला राखौं’ नामक अभियान सुरु

काठमाडौंको खुलामञ्च अतिक्रमण भएको भन्दै ‘खुलामञ्चलाई खुला राखौं’ नामक अभियान सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अस्थायी बसपार्क र टहरा निर्माणको अनुमति दिएका कारण खुलामञ्च अतिक्रमण भएको भन्दै यो अभियान सुरु गरिएको हो ।

बिहीबार खुलामञ्चमा उपस्थित स्थानीयवासी र सम्पदाप्रेमीले काठमाडौं महानगरपालिका विरुद्ध प्रदर्शन गरेका छन् । खुलामञ्च अतिक्रमण हुँदा पनि महानगरपालिकाले बेवास्ता गरेकाले विरोधमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।

यसअघि, खुलामञ्च अतिक्रमणको सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति बनाएको र समितिको प्रतिवेदनले दोषी ठहराए आवश्यक कारबाही गर्ने बताएका थिए ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओली द्वारा सम्पदा क्षेत्रको अवलोकन,२० महिना भित्र भूकम्पले क्षतिग्रस्त संरचना निर्माण गरिसक्ने दावी

Read Next

मौलिक हक र अधिकारका सवालमा पत्रकारले राज्यलाई झकझक्याइ रहनुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *