अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भइरहेका काठमाडौंका केही सम्पदास्थलको अवलोकन गर्नुभएको छ ।
चार वर्षअघि गोरखाको बारपाकमा भूकम्प गएको दिन वैशाख १२ का अवसरमा उनले त्रिपुरेश्वरको त्रिपुरा सुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायत मन्दिर र सम्पदा क्षेत्रको निरीक्षण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको उदघाटन पनि गर्नुभएको छ। सम्पदा पुन र्निर्माणको अवलोकनमा अर्थमन्त्री डा. युवराज खतिवडा, पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतका अधिकारीहरु पनि सँगै थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा आउँदो २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण गरिसक्ने दावी गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरु पनि यस अवधीमा निर्माण भइसक्ने बताउनु भएको हो।