भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई, विकास निर्माणको कार्य बारेमा नगरबासीको गुनासो

भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा नम्बर १६ मंगलपुरमा सम्पन्न भएको छ। तर वडा नम्बर १६ मा आयोजना गरिएको सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको बारेमा असन्तुष्टि जनाएका छन्। अधिकांश नगरबासीले विकास निर्माणको कार्य अन्र्तगत सडक र ढल व्यवस्थापनका बारेमा गुनासो गरेका छन्।

कार्यक्रममा भरतपुर १६ का बासिन्दा सुरवीर पोखरेलले तामझामका साथ सञ्चालन गरिएको सार्वजनिक सुनुवाईको बारेमा प्रश्न उठाउनुभएको छ। सार्वजनिक सुनुवाईको उद्घाटन सत्रमा बाजागाजा र नाचगानको खर्च कहाबाट आयो ? भन्दै उहाले पञ्चायत कालको कार्यक्रम जसरी सञ्चालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा पञ्चकन्या छुटाइएछ र कार्यक्रम सञ्चालकले वडा अध्यक्षको नाम समेत शुद्धसग उच्चारण गर्न नसकेको भन्दै पोखरेलले आपत्ति जनाएका छन्। सो कार्यक्रमा भरतपुर ४ का बासिन्दा केशवभक्त सापकोटाले महानगरपालिकाले गरेको विकास निर्माणको बारेमा प्रश्न गर्दै नौ महिनामा ६० प्रतिशत मात्रै काम हुदा बाकी तीन महिनामा आर्थिक हिनामिना हुनसक्ने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाभित्र अन्य साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा संचालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनु भएको छ। उहाले भरतपुर महानगरपालिकाले योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो। यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

सहभागीहरुको गुनासो तथा सुझावहरूको सम्बोधन गर्दै शहरी विकास तथा भवन विभागका प्रतिनिधि, विद्युत प्राधिकरण, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी लगायतले सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र गुणस्तरीय पूर्वाधार निर्माणमा उच्च निगरानी कायम गरिने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंंह राठौर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णराज लभ्ली न्यौपाने, नेपाली कँग्रेसका उत्तम जोशी लगायतले बोलेका थिए।

merokhabarsathi

Read Previous

उपचारमा अन्तिम गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल,वर्षमा एक लाख बढीको उपचार

Read Next

भूकम्प गएको चार वर्ष बित्दा पनि परकम्प जाने क्रम रोकिएन, अझै ठूलो भूकम्प जानसक्ने बिज्ञको भनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *