Breaking News :

भरतपुरमा चार वटा सवारीसाधन एकै ठाँउमा दुर्घटना

भरतपुरमा चार वटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ ।

भरतपुर महानगरपालिका ४ स्थित लंकु पुल नजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो । मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार,बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कूटरलाई एकैपटक ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटर चालक भरतपुर ३ बस्ने ४० बर्षिय जकिर हुँसेन खान घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

merokhabarsathi

Read Previous

काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का

Read Next

उपचारमा अन्तिम गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल,वर्षमा एक लाख बढीको उपचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *