Breaking News :

सगरमाथाको उचाइ नाप्ने काम विवाद रहित ढंगले हुन्छ:-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने काम विवाद रहित ढंगले गर्ने बताउनुभएको छ।

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुबै तिर बाट नापेर टुंगो लगाउने काम सुरु भएको बताउनुभएको छ ।

‘सगरमाथाको बारेमा भएका भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुदैछ । यो कामलाई विवाद रहित ढंगले टुंगिन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताउनु भयो। पासाङको आत्मविस्वास र साहसले सगरमाथाको आरोहण सफल भएको भन्दै उहाँले ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन्’ भन्नुभयो।

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको बताउनु भयो ।

merokhabarsathi

Read Previous

आन्तरिक पर्यटक लोभ्याउँदै नारायणी, मोटरबोट देखि डीएसएलआर सेवा सम्म

Read Next

पथरी–शनिश्चरेमा तनाव, दुई राउन्ड अश्रुग्यास प्रहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *