Breaking News :

आन्तरिक पर्यटक लोभ्याउँदै नारायणी, मोटरबोट देखि डीएसएलआर सेवा सम्म

रविना पौडेल, चितवन। चितवनको पर्यटकीय केन्द्र बन्दै गएको नारायणी नदी किनारमा आजभोली पर्यटकहरुको भिड लाग्न थालेको छ ।

चितवनको मुटु नारायणगढ शहरलाई साउती मार्दै बग्ने नारायणी नदी किनारमा सुन्दर रमणीय क्षेत्र र नदी किनारको मजा लिन सकिने जाडोमा घाम ताप्नका लागि र गर्मीमा चिसो हावा खानको लागि मानिसहरुको निकै भिड लाग्ने गरेको पाइन्छ। मर्निङ वाक र योगा गर्नेहरुको विहान पख नारायणीमा चाप हुने गर्दछ । दिउँसो युवा युवतीहरु गफ गरेर बसेका भेटिन्छन् । साँझपख भने हरेक उमेर समुहका व्यक्तिहरु नदी किनारमा पुग्ने गर्छन । नारायणी नदी किनार व्यापार थलो पनि बनेको छ । त्यहा चटपट, पानी पुरी र मोमो चाउमिन जस्ता फाष्टफुड बेच्नेहरुका ठेलाहरु लस्करै हुन्छन् । गफ गर्दै बस्नेदेखि डीएसएलआर सेवामा फोटो खिच्नेहरुसम्म यसरी रमाएका हुन्छन कि समय बितेको पत्तो नै पाउँदैनन् ।

नदी किनारमा अग्लो बुद्ध प्रतिमा , हात्तीको मूर्ति समेत रहेको छ । बस्ने सिमेन्टका बेन्चहरु निर्माण भएका छन् । लगभग डेढ किलो मिटरमा लहरै सोलार बत्ती जडान भएपछि नदी किनारमा उज्यालो र सुन्दरतासँगै सुरक्षा पनि थपिएको छ । तनाव र थकान मेटाउन, चिसो र स्वच्छ हावा लिन , घाम ताप्न चाहनेहरुको उपयुक्त गन्तब्य बनेको छ नारायणी नदी किनार । हाल नारायणी नदीमा ५ मोटरबोट संचालनमा पनि आएका छन् । एक मोटरबोटमा १० जना बस्न मिल्ने व्यवस्था छ जसले गर्दा पनि आज भोलि नारायणीमा पर्यटक बढ्दो मात्रामा छ। भने फोटो सोकिनहरुको लागि पनि डीएसएलआर सेवाले गर्दा आजभोली यहाँ निकै नै चहलपहल देखिन्छ।

बेलाबेलामा महानगरपालिका सहित विभिन्न सामाजिक संघसंस्था वे ग्रुप , बेटर चितवन, हेल्प फर हेप्पिनेस, सामथ्र्य नेपाल , सुनौलो समाजले नारायणी नदी किनारमा सरसफाई गर्दे आएका छन्।

merokhabarsathi

Read Previous

इँटा उद्योग व्यवसायी सङ्घद्धारा क्यान्सर सेवा समाज चितवनलाई शववाहन हस्तान्तरण

Read Next

सगरमाथाको उचाइ नाप्ने काम विवाद रहित ढंगले हुन्छ:-प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *