Breaking News :

इँटा उद्योग व्यवसायी सङ्घद्धारा क्यान्सर सेवा समाज चितवनलाई शववाहन हस्तान्तरण

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन । सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गरेका थिए ।

अस्पतालको नाममा रहने शववाहनले आजदेखि सेवा शुरु गर्नेछ । सङ्घले रु १० लाख १२ हजार ४०० मा खरीद गरेको शववाहनले क्यान्सर अस्पतालसँगै जिल्लामा सेवा दिनेछ । सङ्घका अध्यक्ष सापकोटाका अनुसार जिल्लामा रहेका दुई शववाहनले मात्रै जिल्लामा विभिन्न कारणबाट मृत्यु भएकालाई अन्त्येष्टिका लागि लैजान असहज भइरहेका बेला सङ्घले शववाहन प्रदान गरेको बताए ।

टाटा सुमो मोडलको सो शववाहन खरीदका लागि सरकारले भन्सार छुटको व्यवस्था मिलाएको थियो । एम्बुलेन्सको रूपमा ल्याइएको सो गाडीलाई यहाँ ल्याएर मर्मतसम्भार गरी शववाहनको रूपमा परिणत गरिएको हो । कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य घनश्याम दाहाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, क्यान्सर सेवा समाजका अध्यक्ष मास्केलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी रहेका थिए । जिल्लामा हाल शववाहनको पर्याप्तता नहुँदा शव एम्बुलेन्स र निजी सवारीमा बोक्नुपर्ने बाध्यता रहेको छ ।रासस

merokhabarsathi

Read Previous

विद्यार्थीको चाप बढेपछि चितवनको एक सरकारी विद्यालयमा भर्ना रोकियो

Read Next

आन्तरिक पर्यटक लोभ्याउँदै नारायणी, मोटरबोट देखि डीएसएलआर सेवा सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *