अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ ।
श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारी अनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् ।
मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै श्रीलंकाली नागरिक हुन् । घटनामा विदेशी समूहको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गिरफ्तार गरिएकाहरुसँग सोधपुछ भइरहेको जनाइएको छ । विस्फोट कसले गराएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।