व्यक्तिको अनुहार हेरेर होइन, सिद्धान्तमा टेकेर एकता टुंगिन्छ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुंगोमा पुगेको बताएका छन्।

आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएकाछन्।

‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको प्रष्ट पारे। ‘अनुहार हेरेर होइन्, सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’, उनले भने। उनले तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागेपछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए।

जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए।

आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने उनको दावी छ।

नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दै छ। सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ।

merokhabarsathi

Read Previous

केन्द्रीय स्वास्थ्य राज्यमन्त्रीको अस्पतालभित्रै मृत भेटिइन् नर्स

Read Next

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको प्रारम्भिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा, शिलान्यास भदौमा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *