अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पनि स्र्माट ट्राफिक आइल्याण्ड राखिएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत वडा न. ५ मुग्लिन चोक र वडा न.४ केबलकार चेरेशमा स्र्माट ट्राफिक आईल्याण्ड राखिएको हो । श्रद्धा हाउजिङ एण्ड बहुउश्यिय प्रा।लिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त स्र्माट ट्राफिक आइल्याण्ड राख्न सहयोग गरेको हो ।
यसले ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुका साथै ट्राफिक प्रहरीलाई पनि सुरक्षित बनाउने श्रद्धा हाउजिङ एण्ड बहुउदेश्यीय प्रा.लिका प्रबन्ध निर्देशक अभिमन्यू अधिकारीले बताउनुभयो । आइल्याण्डमा कुनै कारणवस सडक दुर्घटना भएको अवस्थामा प्राथमिक उपचार गर्नु परेमा तथा साधरण चोटपटक भई हालेमा तुरुन्तै प्राथमिक उपचारको व्यावस्था गरिएको छ ।
आईल्याण्डबाट ५ सय मिटर पर सम्म देख्न सकिने भएकोले चर्को घाम र पानी परेको समयमा पनि ट्राफिक व्यवस्थापनमा सहज हुनेछ ।
त्यस्तै पंखा,सेफ्टी,लकर समेत रहेको र सोलार समेत जडान गरिएकाले रातीको समयमा पनि ट्राफिक ब्यवस्थापनका लागि सहज हुने अधिकारीले बताउनुभयो ।
ईलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख ९प्रहरी सहायक निरिक्षक० इन्द्र घिसिङले ट्राफिक व्यवस्थापनमा सहज हुने र आफै पनि सुरक्षित हुनेभएकाले यसले दुर्घटनामा समेत कमी ल्याउने बताउनुभयो । साथै आइल्याण्ड राखिएपछि सहर थप सुन्दरता देखिएको घिसिङको भनाई छ ।