Breaking News :

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सम्पर्क कार्यालय आज देखि भरतपुर महानगरपालिकामा पनि

भरतपुर महानगरपालिका-१७ रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सम्पर्क कार्यालय आज (आइतवार) देखि भरतपुर महानगरपालिकामा पनि स्थापना गरिएको छ ।

भदौमा उद्घाटन गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको धुर्मुस सुन्तली फाउण्डेशनले आज महानगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरेको हो । सम्पर्क कार्यालयमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बोर्ड टाँसेका थिए ।

रंगशाला निर्माणका लागि आवश्यक सहयोग जुटाउन र समन्वय गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको कट्टेलले बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्न चाहानेहरुले महानगरपालिकाको सम्पर्क कार्यालयमा गएर सहयोग गर्न आब्हान गरे । रंगशाला निर्माणका लागि देशव्यापी अभिायन संचालन भइरहेको भन्दै उनले महाअभियानमा सहभागी हुने सबैलाई आग्रह गरे ।

merokhabarsathi

Read Previous

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको प्रारम्भिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा, शिलान्यास भदौमा हुने

Read Next

सहकारी सङ्घ चितवनले निर्माण गरेको साझा पेट्रोल पम्प संचालन,प्रचण्डले गरे उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *