Breaking News :

मनकामना जाँदै गरेको मिनिबस दुर्घटना, २ जनाको मृत्यु र २५ जना घाइते

काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना भएको छ ।

बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङघाटमा घुम्तिबाट २५ मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु र २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको छ। बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

 

merokhabarsathi

Read Previous

भरतपुर अस्पतालमा कान्छो अंगदान गर्ने व्यक्ति बने उपाध्याय

Read Next

केन्द्रीय स्वास्थ्य राज्यमन्त्रीको अस्पतालभित्रै मृत भेटिइन् नर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *