Breaking News :

भरतपुर अस्पतालमा कान्छो अंगदान गर्ने व्यक्ति बने उपाध्याय

भरतपुर अस्पतालमा २१ वर्षका चन्द्र प्रकाश उपाध्यायले मरणोपरान्त अङ्गदान गरेका छन् । शनिवार उनले अङ्गदान गरे संगै हाल सम्म भरतपुर अस्पतालमा सबै भन्दा कम उमेरमा अङ्गदानको मञ्जुरी दिने कान्छा अंगदाता बने ।

उपाध्ययले आफ्नो २१ औं जन्मदिनको अवसरमा अंगदान गरेका हुन । उनले मृत्युपश्चात् मुटु, मिर्गौला, फोक्सो, कलेजोलगायतका अंगदान गर्ने मञ्जुरीनामा दिएका छन् । मेरेपछि त्यसै माटोमा मिसिने शरीरका अंग दान गर्न पाउँदा खुशी लागेको उनले बताए । प्रायः बुढेसकालमा अङ्गदानको बारेमा मानिसहरुले सोच्ने गरेको भन्दै कसैलै नयाँ जिवन पाउने पुर्णय काममा ढिलो गर्ननहुने भन्दै अंग दान गरेको बताए । जुम्ला घर भएका उपाध्यया भरतपुरको सप्तगाण्डकी कलेजमा आमसंञ्चार तथा पत्रकारीता विषयमा तेस्रो बर्षमा अध्यनरत छन् । उनले समयमानै सबैलाई अंगदान गर्न आग्रह समेत गरेको छन् ।

भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल प्रसाद पराजुलीका अनुसार चैत्र ६ गते देखि भरतपुर अस्पतालमा मरोणोपरान्त अंगदान सेवा सुरु भएको हो । अहिले अस्पतालमा उपाध्याय सहित ६ जनाले मञ्जुरी दिएका छन् । त्यस मध्येका सबै भन्दा कम उमेरका मरोणोपरान्त अंगदान गर्ने व्यक्ति उपाध्याय हुन । उनि बाहेकका ५ जना ५० वर्ष उमेर माथिका छन् ।

merokhabarsathi

Read Previous

जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहरायो

Read Next

मनकामना जाँदै गरेको मिनिबस दुर्घटना, २ जनाको मृत्यु र २५ जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *