जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहरायो

अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

बुटवल उपमहानगर- १ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट उचाई कै कर्णेल उजिर सिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण गरिएको छ ।

2

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली राष्ट्रिय झण्डाको झण्डोत्तलन र शालिकको अनावरण गरेका हुन् ।

त्यस अवसरमा जितगढी किल्लामा राखिएको राष्ट्रिय झण्डा र शालिकलाई नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै सराय नाच प्रदर्शन गरेको छ ।

 

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओलीलाइ एक युवकले देखाए कालो झन्डा, को हो? त त्यो युवक

Read Next

भरतपुर अस्पतालमा कान्छो अंगदान गर्ने व्यक्ति बने उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *