अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री ओलीलाइ ऐतिहासिक जीतगढीमा एक युवकले कालो झन्डा देखाएका छन्
वि.सं. १८७२ मा भएको युद्धमा अंग्रेज फौजमाथि विजय प्राप्त गरेको ऐतिहासिक ठाउँमा विजयोत्सव समारोह मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत आइपुगेका थिए । तर, जब प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेला अर्घाखाँचीका रुद्र घिमिरे नाम गरेका युवकले कालो झन्डा देखाएका हुन् ।
एक्कासी उनले कालो झण्डा देखाउँदै जितगढि जिन्दाबाद, उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राण भन्दा प्यारो छ, भन्दै नारा लगाएका थिए । एक्कासी नारा लगाएपछि प्रधानमन्त्री ओलीले केही समय मन्तव्य राकेका थिए भने उपस्थित दर्शक समेत अचम्मित भएका थिए ।
प्रहरी समेत अलमलमा परेको थियो । केही समय पछि मात्र प्रहरीले उनलाई कार्यक्रम स्थल बाट बाहिर निकालेको थियो । बाहिर निकाल्न ढिला गर्दै गर्दा प्रधानमन्त्रीले ओलीले मञ्जबाटै कसैले पठाएर आएको विचारा भन्दै सवैलाई शान्त संग बस्न आग्रह गरेका थिए ।उनी कुन पार्टी कार्यकता हुन् भन्ने पुष्टि हुन सकेको छैन ।