Breaking News :

प्रधानमन्त्री ओलीको आरोपः-समृद्धिको यात्रा देख्न नचाहनेले ज्योतिषीलाई समेत उक्सायो

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् । दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको गति देखेर विरोधीले भ्रम फिजाइरहेको बताएका छन् । समृद्धिको यात्रा देख्न नचाहनेले ज्योतिषीलाई समेत उक्साएको दावी गरे ।

शनिवार बुटवलको जितगढी विजय उत्सवलाई सम्बोधन गर्दै ओलीले भने, ‘विकास र समृद्धिको विरोध गर्ने ठाउँ नपाएर विरोधीहरूले ज्योतिषीहरूलाई उचालेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ज्योतिषीहरू पनि दक्षिणाको लोभमा नपरे हुन्छ । जनताको जानुपर्ने ठाउँमा ज्योतिषीकोमा गएर केही हुँदैन ।’

उनले थपे, ‘ज्योतिषीकोमा गएर यस सरकार यस्तो हुँदैछ भनिदिनुपर्‍यो भन्न थाले । तर कुनै भ्रममा नपरे हुन्छ । देश विकासको गतिमा अगाडि बढ्छ ।’ प्रधानमन्त्री कोपी शर्मा ओलीले संविधान विरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताएका छन् ।

ओलीले संविधान विरोधी काम गर्ने जो कोहीलाई पनि सरकारले नछोड्ने बताए ।

merokhabarsathi

Read Previous

आयुफ् लुइटेलको “ओ माया” बोलको गित बजारमा

Read Next

प्रधानमन्त्री ओलीलाइ एक युवकले देखाए कालो झन्डा, को हो? त त्यो युवक

Leave a Reply

Your email address will not be published. Required fields are marked *