Breaking News :

धर्म निरपेक्षताको पोष्टर जलाउने राप्रपाको कार्यक्रममा प्रहरीको हस्तक्षेप

राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज विभिन्न जिल्लामा सो दलका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर तथा पोस्टर जलाएका छन् ।

धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।

Image result for ‘धर्म निरपेक्षता’ जलाउने राप्रपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

प्रहरीले राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने,  विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, महासचिव गुणराज राजभण्डारी, केन्द्रीय सदस्य त्रिविक्रम सिंह र जयवीर राउतलगायतलाई पक्राउ गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो । प्रहरी हस्तक्षेपका बाबजुद अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएका प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

कञ्चनपुर, संखुवासभा, मकवानपुर, म्याग्दी, रुपन्देही लगायतका जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम सम्पन्न भइसकेको सो पार्टीले जनाएको छ । बाँकी जिल्लामा पनि कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

news

 

 

merokhabarsathi

Read Previous

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

Read Next

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु एक जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *