Breaking News :

बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते

भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।

गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो ।

गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंश गोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ढुंगा हानाहानमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन् । त्यस्तै, मनीष कासुला र रिमेश शाही पनि घाइते छन् ।

घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।

रथबाट खसेर अर्का १ जना घाइते भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका–५, चोछेका पुण्यराम सितिखु रथबाट लडेर घाइते भएका हुन् ।

merokhabarsathi

Read Previous

पत्रकार अर्जुन गिरी रिहा

Read Next

चितवन राष्ट्रिय निकुञ्जबाट बँदेलको तस्करी,यसरी पुर्‍याइन्छ सौराहाका होटलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *