Breaking News :

फोहोरको थुप्रो नउठ्दा नारायणगढ दुर्गन्धित (फोटो फिचर सहित)

विप्लव समूहको बन्दका कारण देशका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले चितवनमा पनि प्रभाव पारेको छ । बन्दको कारण चितवनका बजारहरु आज बन्द रहेका छन् भने लामो दुरीका सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।

मानिसको भिड्भाड र निकै चहलपहल हुने नारायणगढ बजार आज भने सुनसान र फोहर नै फोहोरको थुप्रोले भरिएको छ। बन्दले नारायणगढ बजारमा फोहोरको थुप्रो नउठ्दा दुर्गन्ध फैलिएको छ । नारायणगढको लायन्सचोक देखी पुलचोक सम्म फोहोर डङगुर रहेको छ। लायन्सचोक, सहिदचोक र पुलचोक आसपासमा आधा दर्जन भन्दा बढी ठाउँहरुमा फोहोरको थुप्रो लागेको छ जसले पुरै बजारलाई नै दुर्गन्धित बनाएको छ । बन्दले सबैलाई प्रभाव पारे पनि फोहोरलाई भने कुनै प्रभाव पारेको छैन ।

बन्दको दिनमा चोक चोकमा थुप्रिएको फोहोरको डङगुरको फोटो पत्रकार किरण सापकोटाले लिनु भएको केही तस्बिरहरु :

merokhabarsathi

Read Previous

चितवनका तीन स्थानमा सिलिण्डर विष्फोट

Read Next

चितवनको राप्ती नदीमा चालू आर्थिक वर्षमा जालमा परेर छ वटा गोही मरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *