चितवनका तीन स्थानमा सिलिण्डर विष्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेकै दिन चितवनका विभिन्न तीन स्थानमा सिलिण्डर विष्फोट भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका–१८ भीमनगर स्थित घोल खेतमा सिलिण्डर विष्फोट भएकोहो  । विहान ५ बजे टायरमाथि सिलिण्डर राखेर गरिएको विष्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

यस्तै विहान ४ बजे कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर कयर खोला नजिकै पनि सिलिण्डर विष्फोट भएको छ । सो विष्फोटबाट पनि कुनै क्षति भएको छैन । यता पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित लदरी खोलामा राखिएको सिलिण्ड भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

merokhabarsathi

Read Previous

चितवनको जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना

Read Next

फोहोरको थुप्रो नउठ्दा नारायणगढ दुर्गन्धित (फोटो फिचर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *