Breaking News :

चितवनको जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना

चितवनको जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा चितवनको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग गर्दै पत्रकार अर्जुन गिरीलाई रिहाइ गर, पत्रकारिता साइबर अपराध होइन, विधुतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, पत्रकारलाई स्वतन्त्रपुर्वक काम गर्न देउ जस्ता नारा सहित धर्ना बसेका हुन्।

पत्रकार गिरी ठगीको समाचार लेखेको अभियोगमा सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।

 

merokhabarsathi

Read Previous

सेटलाइट प्रक्षेपणपछि प्रम ओलीको ट्वीट

Read Next

चितवनका तीन स्थानमा सिलिण्डर विष्फोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *