प्रधानमन्त्री केपी शर्मा ओलीले सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा नेपाल पनि सूचिकृत भएकोमा खुसी प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् ।
ओलीले भनेका छन्, आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सुचिमा जोडिएको छ। ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।’