Breaking News :

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो ।

अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २:३१ बजे नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

यो भूउप्रगहलाई ‘नेपालीस्याट-१’ नाम दिइएको छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेका हुन्।

merokhabarsathi

Read Previous

विप्लव नेतृत्वको नेपाल बन्दको प्रभाव चितवनमा पनि

Read Next

सेटलाइट प्रक्षेपणपछि प्रम ओलीको ट्वीट

Leave a Reply

Your email address will not be published. Required fields are marked *