हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको इच्छाकामना–४ लेवाटारमा हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँ तर्फ जाँदै गरेको बा२ख २२४८ नं को हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नं को मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख १९१२ नं को अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

merokhabarsathi

Read Previous

चितवनका शिक्षित चेपाङ युवा सङ्गठित,स्वयंसेवक समूह गठन

Read Next

विप्लव नेतृत्वको नेपाल बन्दको प्रभाव चितवनमा पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *