विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका दुई दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । विवेकशीलले भने बुधबार बालुवाटारस्थित विवादित ललिता निवास क्याम्पको ११३ रोपनी जग्गामा राष्ट्रिय झण्डा गाड्ने प्रयास गरेका थिए ।
तर, प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ समेत गरेको छ ।