Breaking News :

प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आजबाट हेटौँडामा शुरु

गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ ।

उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले उक्त गोष्ठीलाई वैशाख ४ गते बिहान निर्देशन दिनुहुने भएको मकवानपुरका प्रजिअ आस्मान तामाङले राससलाई जानकारी दिनुभएको छ । उक्त गोष्ठीमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक गणेश अधिकारी एवं नेपाली सेनाका उच्चपदस्थ अधिकृतहरु हुनुहुन्छ ।

सुरक्षासम्बन्धी गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत रहेका जिल्लाको शान्ति सुरक्षाका लागि समीक्षा गरिनुको साथै अपराध नियन्त्रणका प्रयास, नागरिकता वितरणसम्बन्धी तथ्याङ्कका साथै प्रदेशका सरकार प्रमुखसँग समन्वय र सहकार्य गरी प्रदेशमा सुशासन कायम गर्न गोष्ठीले सघाउ पु¥याउने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । रासस

merokhabarsathi

Read Previous

मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने

Read Next

भारतमा ‘टिक–टक’ प्रतिबन्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *