Breaking News :

भरतपुरमा रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना ५ ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा १९ च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् ।घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ ।

ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो ।

merokhabarsathi

Read Previous

चितवनमा करेन्ट लागेर एकको मृत्यु

Read Next

मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *