Breaking News :

आजको राशिफल

आज मिति वि.स.०७६/०१/०३ मंगलबार चैत शुल्क द्वादशी तिथि आजको सुर्यदय ५ बजेर ३९ मिनेटमा भयो भने सुर्यास्त ६ बजेर २८ मिनेटमा हुनेछ। आजको  नक्षत्र पूर्वाफाल्गुनी,४५ घडी ५१ पला,रातको १२ बजेर ०१ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग वृद्धि,३६ घडि ५८ पला,बेलुकी ०८ बजेर २८ मिनेट उप्रान्त ध्रुव । करण बव,दिउसो १२ बजेर २९ मिनेट उप्रान्त वालव,बेलुकी २३ बजेर १७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धुम्र योग चन्द्रमा सिंह राशिमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- शुभारम्भको चर्चा चल्नेछ, धार्मिक कार्य तथा सामाजिक कार्यमा मन जाने छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- रमाइलो यात्रा होला, साथीभाई तथा प्रियजन संग भेटघाट हुन्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):-  दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- महत्वपूर्ण अवसर गुम्नुको साथै यात्रा गर्दा मालसामान हराउन सक्ला यात्रा गर्दा होसियार रहनु होला

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-घर परिवार तथा आफन्तजन सँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- शुभ समाचार सुन्न पाइएला, व्यापार तथा व्यवसाय बाट आम्दानी हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):- सवारि साधन प्राप्त हुने योग छ,  सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):- कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । सानातिना समस्यामा अल्झनु पर्ने छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):- यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरु सँग भेटघाट हुनेछ, व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्रेमी प्रेमिका को साथले आटेताकेको पुरा हुने छ, जोश जाँगर र हिम्मत बढ्ने छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नजिकको मित्र संग भेट हुनाले मन प्रशन्न रहने छ, कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वादबिवाद तथा प्रतिश्पर्धामा तपाईको जित निश्चित हुनेछ । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ ।

राशिफलले जे जस्तो देखाएपनि तपाईहरुको दिन शुभ रहोस्।

merokhabarsathi

Read Previous

चितवनमा गुडी रहेको बसमा आगलागी

Read Next

चितवनमा करेन्ट लागेर एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *