भारतमा एक जना नेपाली सुन सहित प्रक्राउ गरेका छन् । हिजो आईतबार ती नेपालीलाई एक किलो सुन सहित नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको हो ।
प्रक्राउ पर्नेमा रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई भारतीय सुरक्षाकर्मीले प्रक्राउ गरेका हुन् ।
स्कुटरमा सवार भई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा अग्रवालको साथबाट सुन बरामद गरिएको जनाईएको छ । उनलाई भारतको नौतनवास्थित राजस्व कार्यालयमा बुझाइएको संचारमाध्यमले जनाएका छन् ।