Breaking News :

लाइसेन्स फेल चिकित्सकलाई राष्ट्रपतिद्वारा बिभूषित

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो ।

मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा.. लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ । बंगलादेशबाट एमबीबीएस गरेका थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको. ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले क्षेत्री चिकित्सकको रुपमा काउन्सिलमा दर्ता नभएको बताए । थापाले काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा दुई वर्षदेखि दिँदै आएको देखिएको तर अहिलेसम्म उतीर्ण नभएकोले काउन्सिले चिकित्सकको रुपमा मान्यता प्रदान नगरेको उनले स्पष्ट पारे । थापाको नाम सिफारिस हुँदै बिबादमा आएको बताउँदैे चिकित्सकको रुपमा दर्ता नै नभएको व्यक्तिले चिकित्सकको हैसियतमा पदक पाउँदा आफूहरु पनि आश्चर्यमा परेको डा. साहको भनाइ छ । उनले सिफारिस र छनोट गर्ने निकायले पनि काउन्सिलसँग भेरीफाई नगेरको उनले जनाए ।

merokhabarsathi

Read Previous

चितवनमा मापदण्ड विपरीत खोला उत्खनन्,जनप्रतिनिधि मौन

Read Next

सुन सहित भारतमा एक जना नेपाली प्रक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *