Breaking News :

यू-१९ विश्वकप:- मलेसिया माथि नेपालको सहज जित

नेपालले यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ ।

मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ ।

नेपालका लागि ओपनर रित गौत्तमले अविजित ३९ रन बनाए । आशिफ शेखले २६ रन बनाउँदा अर्का ओपनर पवन सर्राफ १९ रनमा आउट भए ।

यसअघि आयोजक मलेसियाले बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गर्दै ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो । बलिङतर्फ नेपालका पवन सर्राफ र कुशल मल्लले समान ३-३ विकेट लिए भने कमलसिंह ऐरीले दुई विकेट लिए ।

merokhabarsathi

Read Previous

२०७५ सालः चितवनमा भएका दुर्घटनामा १५५ जनाको मृत्यु

Read Next

चितवनमा मापदण्ड विपरीत खोला उत्खनन्,जनप्रतिनिधि मौन

Leave a Reply

Your email address will not be published. Required fields are marked *