Breaking News :

नेपालि बाजेले आज नयाँ वर्ष फरक कार्यक्रम गरि मनायो

चितवनमा सक्रिय सामाजिक संस्था नेपालि बाजेले आज नयाँ वर्ष फरक कार्यक्रम गरि मनाएको छ। नयाँ वर्ष मानिसहरुले विभिन्न ठाउँमा घुमेर, परिवार संग रमाइलो गरेर मनाउछन् तर नेपालि बजेले भने चितवनको मन्जु श्री आसय केन्द्रमा गएर असाहय बालबालिकाहरु संग नयाँ वर्ष मनाएको हो।

Image may contain: 9 people, people smiling, people standing

कार्यक्रममा मन्जु श्री असाहय बालबालिकाहरुलाई खाना खुवाउनुको साथै स्टेसनरी, र खाध्य सामाग्रीहरु वितरण गरिएको थियो। आयोजक संस्था नेपालि बजेका अध्यक्ष दिवस सापकोटाले उनीहरुलाई खाना खुवाउनु मन्दिर गएर पुजा गर्नु भन्दा ठुलो पुण्य हो भन्दै आगामी दिनहरुमा यस्तो कार्यमा सबैलाई अघि बढ्न आग्रह गर्नुभयो। साथै आजको कार्यक्रममा आयोजक संस्था नेपालि बजेलाई सहयोग गर्ने मनोज रिमाल र निका रिमाललाई धन्यवाद व्यक्त्त गर्नुभयो।  मन्जु श्री आसहयका संचालिका मन्जु खांडले नेपाली बाजेका सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिदै नेपलि बाजे  परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।

Image may contain: 4 people, people smiling, people standing and beard

यस अघि पनि यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ।

merokhabarsathi

Read Previous

नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा,कोठा नपाएर फर्किए पर्यटक

Read Next

२०७५ सालः चितवनमा भएका दुर्घटनामा १५५ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *