नारायणी नदीमा डुबेर १ जना बेपत्ता

नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ ।

गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज बिहान सवाँ १० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो । बुटवलबाट तीन जना युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

Read Next

विमान पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किदा ४ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *