Breaking News :

आज बालुवाटारमा रात्रिभोज, भोलि राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

नयाँ बर्षकै उपलक्ष्यमा आज प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन्।

स्रोतका भनाईमा, सो रात्रिभोजमा नेकपा स्थायी समितिका सदस्यहरु, मन्त्री परिषदका सदस्यहरु लगायत सत्तारुढ दलका नेताहरुलाई निम्त्याइएको छ।

merokhabarsathi

Read Previous

नयाँ वर्षको अवसरमा ‘झुटो होइन’

Read Next

आज बाट नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *