नयाँ वर्षको अवसरमा ‘झुटो होइन’

नयाँ वर्षको अवसरमा ‘झुटो होइन’ बोलको गीत भोलि सार्वजनिक हुने भएको छ। आज चितवनको भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गीतका गाएकार अनिल राईले भोलि आफ्नै युटुब च्यानलबाट तिम्रो मान्छे म को भाग-२ स्वरूप झुटो होइन बोलको गीत सार्वजनिक गर्नेभएको बताएका छन्

नयाँ वर्षको कोसेली स्वरूप ल्याइएको सो गीतमा अहिलेको अवस्थालाई हेरेर माया गर्ने जोडी र मायामा धोका खानेहरुको अवस्थालाई गीतमा चित्रण गरिएको राईले बताउनुभएको छ। गीतमा धनि र गरिब बिचको मायालाई पनि चित्रण गरिएको उहाँले बताउनुभयो।

सुबोध श्रेष्ठले सम्पादन गरेको सो गीत  चितवनको भरतपुर महोत्सव, पर्यटकीयस्थल नारायणी नदि, धनागढा मन्दिर लगाएतका ठाउहरुमा गीतको छायांकन गरिएको श्रेष्ठले बताउनुभयो चितवन यस्तो ठाउँ हो जहाँ सोचेको भन्दा राम्रो भिडियो बनाउन सकिन्छ  चितवनमा राम्रो भिडियो बनाउन सकिन्छ भन्नेको लागि यो गीत एउटा उदाहरण हो श्रेष्ठले भन्नुभयो

अनिल राई को आवाजमा रहेको गीतको भिडियोमा आर्यन क्षेत्री,प्रशान्त अधिकारि, सुकु र जेनी को मुख्य अभिनय रहेको छ सुमित शर्मा र शंखर निर्देशको पनि अभिनय रहेको छ । सुबोध श्रेष्ठले सम्पादन गरेको गीतको भिडियोलाई आवास रानाले निर्देशन गरेका हुन् ।

merokhabarsathi

Read Previous

परिवार धान्ने बिजयको दुवै मृगौला बिग्रिएपछि औषधि उपचारमा कठिनाइ, सहयोगको अपिल

Read Next

आज बालुवाटारमा रात्रिभोज, भोलि राष्ट्रका नाममा सम्बोधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *