Breaking News :

परिवार धान्ने बिजयको दुवै मृगौला बिग्रिएपछि औषधि उपचारमा कठिनाइ, सहयोगको अपिल

रबिना पौडेल, चितवन। परिवार धान्ने बिजयको नै दुवै मृगौला बिग्रिएपछि चितवनको भरतपुर महानगरपालिका–१६मा बसोबास गर्दै आएका बिजय कुवरको परिवार  विचल्लीमा परेको छ । दैनिकीको जोहो गर्ने मुख्य व्यक्ति नै बिरामी, त्यसमाथि उपचारका लागि चाहिने लाखौँ रुपैयाँ जोहो गर्ने चिन्तामा कुँवर को परिवार रहेको छ ।

एउटा मृगौला खराबी भएर उपचार गरि रहेको समयमा नै अर्कोपनि खराबी देखिए पछी  कुँवरको परिवार चिन्तित रहेको छ। आज भन्दा ३ वर्ष पहिला शारीरिक रुपमा आफु अश्वस्थ भएको महसुस भएपछी औषधि उपचार गर्ने क्रम मा आफ्नो शरीरमा सो समस्या देखिएको थाहपाएको बिरामीले बताएका छन्।

कुँवर परिवार लगातार अस्पताल बस्नुपर्ने र औषधि उपचार गर्नुपर्ने हुनाले आर्थिक समस्याले सताएको बताएका छन् । बिजयको उपचारमा हालसम्म १५ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । विजयका परिवार भन्छन् आर्थिक अवस्था कमजोर भएर बैंकबाट लिगेको ऋण तिर्न नसक्दा घरवास उठ्ने बेला भैसक्यो।’ आर्थिक अभावले उपचारमा कठिनाइ भैरहेको छ मृगौला रोगीलाई निशुल्क उपचार गरिने भनिएता पनि आज सम्म ६ वटा डाइलाइसीस मध्य २ वटा मात्र निशुल्क भएको परिवारले बताउछन्।

आर्थिक अभाव भएपछि स्थानीयले सहयोग संकलन अभियान त सुरु गरेका छन् । पिडित विजयलाई सहयोग स्वरूप स्थानीय टोलसुधार समिति र आमा समूहले सहयोग संकलन गरि उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । तर स्थानीयको त्यति सहयोगले मात्र उपचार खर्च नपुगेको पडित परिवार बताउछन्।

हाल सम्म १५ लाख भन्दा बढी सक्किसक्यो अझै उपचार गर्नु पर्ने छ त्यसको लागि उपचार खर्च जुटाउन मुस्किल रहेको छ पिडित परिवारका छिमेकी रामबाबु थपलियाले भन्छन्।  पिडितका २ वटा छोराछोरी छन्, आमा पनि सुस्तमनस्थितिका छन्, हजुरआमा ७५/८० वर्षका बुढी छन् त्यसैले आर्थिक जोहो गर्ने कोहि छैनन् भन्दै छिमेकी थपलियाले सहयोगको अपिल गरेका छन्।

 

merokhabarsathi

Read Previous

भोलिबाट चितवनको उज्ज्वलनगरमा राईनोकुञ्ज पर्यटन मेला

Read Next

नयाँ वर्षको अवसरमा ‘झुटो होइन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *