पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउने उद्धेश्यका साथ चितवनको भरतपुर महानगरपालिका-१३ मा राईनोकुञ्ज पर्यटन मेला आयोजना हुने भएको छ । राईनोकुञ्ज क्षेत्रको जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकासका लागि भोलि चैत ३० गते देखि वैशाख २ गतेसम्म मेला आयोजना गर्न लागिएको हो ।
राहिनोकुन्ज हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले भरतपुर महानगरपालिका वडा न. १३ उज्ज्वलनगरमा मेला गर्न लागिएको मेलाका संयोजक प्रकाश दवाडीले बताउनुभयो। अनुमानित १ लाख दर्शकले अवलोकन गर्ने आशा गरिएको मेलामा १०० वटा भन्दा बढी स्टलहरु रहनेछ्न भने मेलामा स्थानीय संगै रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने संयोजक दवाडीले जानकारी दिनुभयो।
मेलामा दैनिक उपभोग्य सामान, कृषि उत्पादन, इलेक्ट्रोनिक समान, हस्तकलाबाट उत्पादित सामग्री, पर्यटन शिक्षा, लघु उद्दोग बाट उत्पादित सामाग्रीहरु देख्न सकिने संयोजक दवाडीले बताउनुभएको छ।
मेलामा आउने दर्शकहरुले ऐतिहासिक तथा धार्मिक स्थलहरुको अवलोकन गर्नुका साथै जीप सफारी हाती सयर गर्दै जंगली जनावरको अवलोकन तालमा डुंगा सयर विभिन्न जातजातिका कला सस्कृति हेर्नुको साथै स्थानीय परिकाको स्वाद समेत लिन पाउने छन। भने महोत्सवमा विभिन्न खेलकुद कार्यक्रम संगै दैनिक योगाको समेत व्यवस्था गरिएको छ।