जिल्ला प्रहरी कार्यालय चितवनद्धारा तीनदिने नवजात शिशुको उद्धार

जिल्ला प्रहरी कार्यालय चितवनले आज तीनदिने नवजात शिशुको उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका–२९ अनमोल होटल अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको उद्धार गरिएको हो । कपडामा बेरेर राखेको अवस्थामा भेटिएको नवजात शिशुको उद्धारपछि उपचारका लागि पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ।

नवजात शिशुलाई बेवारिसे अवस्थामा छाड्ने आमाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।रासस

merokhabarsathi

Read Previous

पूर्वी चितवनमा जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

Read Next

भोलिबाट चितवनको उज्ज्वलनगरमा राईनोकुञ्ज पर्यटन मेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *