पूर्वी चितवनमा जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो ।

उनले आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् । नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो । रासस

merokhabarsathi

Read Previous

ज्ञानेश्वरमा चैते दशैँ मेला, अशोक दर्जी देखि भिटेन सम्मको प्रस्तुति

Read Next

जिल्ला प्रहरी कार्यालय चितवनद्धारा तीनदिने नवजात शिशुको उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *