Breaking News :

ज्ञानेश्वरमा चैते दशैँ मेला, अशोक दर्जी देखि भिटेन सम्मको प्रस्तुति

चैते दशैँ र नयाँ वर्षको अवसरमा ज्ञानेश्वरमा चैते दशैँ मेला हुने भएको छ ।

ज्ञानेश्वर सामुदायिक वन र  बिहानी टोल विकास संस्थाको आयोजनामा चैत २९ गते बाट बैशाख २ गते सम्म भरतपुर-१६ ब्रहमपुर स्थित ज्ञानेश्वर(सानोगढी) मा चैते दशैँ मेला हुन लागेको हो । मेलामा अशोक दर्जी, समिर घिसिंग(भीटेन), सन्दीप क्षेत्री, सुलेमान शंकर (इक्कू), मिस्टर डी लगायत चितवनका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम संयोजक प्रकाश रिजालले बताउनुभयो। चैते दशैँ र नयाँ वर्षलाई मनोरन्जनात्मक बनाउने हिसाबले चैते दशैं मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

पर्यटकीय गन्तव्यको रुपमा रहेको ज्ञानेश्वर (सानोगढी) मा सास्कृतिक कार्यक्रम अन्तरास्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रमको आयोजना गरिएको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारिले बताउनुभयो। “ज्ञानेश्वर पर्यटकीय हिसावले भरिपूर्ण भएकोले पर्यटन प्रवर्धनमा सहयोग पनि पुग्ने ” अपेक्षा रहेको अधीकारीले बताउनुभयो।

मेलामा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहने र ३० लाख भन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको बिहानी टोल विकास सस्थाका उपाध्यक्ष टेक गुरुङ्गले बताउनुभयो । मेला तथा साँस्किृतक कार्यक्रम अवलोकनको लागि प्रति व्यत्ति २०० रुपैयांँको टिकटको व्यवस्था गरिएको छ । मेलाको विशेष सहयोगी संस्थाको रुपमा बिहेन्सी टेलरिङ्ग रहेको छ ।

merokhabarsathi

Read Previous

पूर्वराजाको गाडीको ठक्करबाट १ जनाको मृत्यु

Read Next

पूर्वी चितवनमा जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *