Breaking News :

पूर्वराजाको गाडीको ठक्करबाट १ जनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका हुन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

merokhabarsathi

Read Previous

प्रचण्ड र कोइराला द्वारा जेम्स वर्ल्ड फनपार्कको आज समुद्घाटन

Read Next

ज्ञानेश्वरमा चैते दशैँ मेला, अशोक दर्जी देखि भिटेन सम्मको प्रस्तुति

Leave a Reply

Your email address will not be published. Required fields are marked *