Breaking News :

प्रचण्ड र कोइराला द्वारा जेम्स वर्ल्ड फनपार्कको आज समुद्घाटन

भरतपुर महानगरपालिका—४ लंकू अद्ध्यचोकमा सञ्चालनमा आएको जेम्स वर्ल्ड फनपार्कको आज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता शशांक कोइराला ले समुद्घाटन गर्नुभएको छ।

चितवनको लोकप्रिय भेटघाट ग्रुपद्वारा प्रवद्र्धित करोडौं लगानीको अत्याधुनिक फनपार्कको आज बिहान ९ बजे प्रमुख अतिथिको रुपमा प्रचण्ड र विशिष्ट अतिथिको रुपमा कोइरालाले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो।  उद्घाटन कार्यक्रममा रास्ट्रिय सांसद पार्वती रावल, चितवनका प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी र गीता वाग्ले, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहा, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत जिल्लाका हरेक सरकारी कार्यालयका उच्च पदस्थ सरकारी अधिकारीहरु, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

फनपार्कभित्र ३०० वटा मोटरसाइकल र २०० वटा गाडी पार्किङ गर्ने गरी पार्किङ सुविधा उपलब्ध छ । नेपालकै ठूलो फनपार्कमा नागरिकले मिनी रेल, ट्रयाम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइडको आनन्द लिन सक्नेछन् । त्यस्तै शाहसिकरुपमा खेलको आनन्द लिन चाहनेहरुलाई फनपार्कभित्र नै १६५ फिट लामो स्लाइडको व्यवस्था गरिएको छ । चितवन क्षेत्र पोखरा र काठमाडौंको तुलनामा बढी गर्मी हुने ठाउँ भएकोले सेवाग्राहीलाई शीतलता प्रदान गर्न कमर्सियल स्विमिङ पुल र अम्ब्रेला वाटर फलको पनि व्यवस्था गरिएको छ ।

merokhabarsathi

Read Previous

सम्भावनाले भरिपूर्ण देश हो नेपाल:-प्रचण्ड

Read Next

पूर्वराजाको गाडीको ठक्करबाट १ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *