सम्भावनाले भरिपूर्ण देश हो नेपाल:-प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहालले नेपाल सम्भावनाले भरिपूर्ण देश रहेको बताउनुभएको छ। चितवनमा रहेको जेम्स वोर्ल्ड फन पार्कको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाल सम्भावनाले भरिपूर्ण रहेको बताउनुभएको हो ।

प्रचण्डले “नेपाल मै केहि गर्न खोज्ने को लागि नेपाल सम्भानाले भरिपूर्ण रहेको देश हो, भन्ने यसको उदाहरण फनपार्क रहेको बताउनु भएको छ। निजि क्षेत्रबाट करोडौ लगानी गरेर निर्माण भएको फनपार्क एउटा रेकर्डड हो ।’ जिल्लाको आर्थिक विकासमा फनपार्कले महत्वपूर्ण भूमिका खेल्नेछ उहाँले बताउनुभयो। निजि क्षेत्रबाट हुने यस्ता आर्थिक विकासका कामले नयाँ युवाहरुलाई उत्साह र स्फूर्ति पैदा गरेको प्रचण्डको भनाइ छ । विदेशमा भन्दा यही वसेर काम गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा छ फनपार्क उहाँले भन्नुभयो।

नेपालको मध्य भागमा रहेका चितवन जिल्लाले विकासका रेकर्ड कायम राख्न थालेको प्रचण्डले बताउनु भयो ।

merokhabarsathi

Read Previous

नयाँ वर्षमा शिवाकाली टोल विकास सस्थाको सास्कृतिक कार्यक्रम

Read Next

प्रचण्ड र कोइराला द्वारा जेम्स वर्ल्ड फनपार्कको आज समुद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *