Breaking News :

नयाँ वर्षमा शिवाकाली टोल विकास सस्थाको सास्कृतिक कार्यक्रम

नयाँ वर्षको अवसरमा शिवकाली टोल विकास सस्थाले चियापान तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ

आउदै गरेको नयाँ वर्ष २०७६को पावन अवसरमा भरतपुर-१४ शिवकालि टोल विकास संस्थाका युवाहरू द्वारा चैत्र ३० गते शनिबार शुभकामना आदानप्रदान,चियापान तथा विविध सास्कृतिक कार्यक्रम को आयोजना गरिएको हो ।कार्यक्रममा जि.बि. सुनार, दीक्षा सुनार, टोप शाही समुन्द्र, निर्मला शाही समुन्द्र को बिशेष सांगीतिक प्रस्तुति संगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ।

नयाँ वर्षको दिनमा जे गरे त्यो वर्षभरी गरिरहन पाइन्छ भन्ने गाउँघर तिर भनाइ रहेको भन्दै नया वर्षलाई खुसि र मनोरन्जनको साथ स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक गणेश प्रतीक भुसालले जानकारी दिनुभयो।  भुसालले कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आहवान गर्नु भयो।

merokhabarsathi

Read Previous

कक्षा ८ को परीक्षा फल प्रकाशित, यसरि हेरौ परीक्षाफल

Read Next

सम्भावनाले भरिपूर्ण देश हो नेपाल:-प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *