कक्षा ८ को परीक्षा फल प्रकाशित, यसरि हेरौ परीक्षाफल

भरतपुर महानगरपालिकाको शिक्षा समितिले लिएको २०७५ सालको आधारभूत तहको(कक्षा ८) परीक्षाफल सार्वजनिक गरिएको छ ।स्थानीय तह कार्यान्वयनपछि पहिलो पटक भरतपुर महानगरपालिकाले लिएको परीक्षाको परीक्षाफल आज बुधबार सार्वजनिक गरिएको हो ।

आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवम् भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले आज दिउँसो परीक्षाफल सार्वजनिक गरेको हो । महानगरभित्र रहेका एक सय ५१ वटा विद्यालयबाट ६ हजार ६ सय ६४ जना विद्यार्थी सहभागी भएका मध्ये पाँच हजार दुई सय ६७ जनाले कक्षा नौ मा भर्ना गर्न पाउनेछन् भने एक हजार तीन सय ३५ जनाले ग्रेड बढुवाका लागि परीक्षा दिनुपर्ने देखिएको छ ।

परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६ सय ८७ जनाले ए प्लस, एक हजार पाँच सय १६ जनाले ए, एक जार चार सय ५५ जनाले बी प्लस, एक हजार दुई सय ३० जनाले बी, एक हजार एक सय ८६ जनाले सी प्लस, पाँच सय चार जनाले सी तथा २४ जनाले डी प्लस ल्याएका छन् । महानगरपालिका भित्रका समुदायिक विद्यालयबाट ५१ जना संस्थागतबाट ११ गरी ६२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् । परीक्षाफल प्रति चित्त नबुकेका विद्यार्थीहरुले बैशाख ३ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सक्ने र ४ गते पुनः परीक्षाफल प्रकाशन गरिने समितिले जनाएको छ ।

ग्रेड बढुवाका लागि बैशाख ६ गते परीक्षा सुरु गरी १४ गते सक्ने तयारी भइरहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीका अनुसार भरतपुर महानगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षामा पोलार स्टार आवासिय माविकी छात्रा परीक्षा पौडेल र बाल्मीकि शिक्षा सदनका छात्र सुविन अधिकारी ४ जीपीए ल्याउँदै महानगर प्रथम भएका छन् । त्यस्तै नारायणी नमुना माविका छात्र रोशन भण्डारी ३ दशमलब ९५ जीपीए ल्याउँदै सामुदायिक विद्यालय तर्फ पहिलो भएका छन् भने नारायणी नमुना माविकै छात्रा झरना लामिछाने ३ दशमलब ९० जीपीए ल्याउँदै सामुदायिक विद्यालयकी छात्रा तर्फ पहिलो भएकी छिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले शिक्षाको गुणस्तर बढाउन जरुरी रहेको बताइन् । शिक्षाको स्तर खस्किदै गएको उल्लेख गर्दै शाहले गुणस्तर वृद्धिका लागि विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावक जिम्मेवार बन्नुपर्ने बताइन् । आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा भरतपुर महानगपालिकाको वेबसाइट http://bharatpurmun.gov.npमार्फत प्रकाशित गरिएको छ ।

merokhabarsathi

Read Previous

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा जेम्स वर्ल्ड फनपार्कको भोलि समुद्घाटन

Read Next

नयाँ वर्षमा शिवाकाली टोल विकास सस्थाको सास्कृतिक कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *