नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा जेम्स वर्ल्ड फनपार्कको भोलि समुद्घाटन

भरतपुर महानगरपालिका—४ लंकू अद्ध्यचोकमा सञ्चालनमा आएको जेम्स  वर्ल्ड फनपार्कको भोलि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्ने भएका छन् ।

चितवनको लोकप्रिय भेटघाट ग्रुपद्वारा प्रवद्र्धित करोडौं लगानीको अत्याधुनिक फनपार्कको भोलि बिहान ८ बजे प्रमुख अतिथिको रुपमा प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको फनपार्कका अध्यक्ष महेश तिवारीले बताएका छन्। कार्यक्रमको विशिष्ट अतिथिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता शशांक कोइराला रहने छन् । उद्घाटन कार्यक्रममा चितवनबाट संघीय संसदका सांसदहरु, प्रदेश सांसदहरु, महानगरपालिकाकि मेयर, विभिन्न सरकारी कार्यालयको उच्चपदस्थ अधिकारीहरु, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरुको सहभागिता रहने फनपार्कले जनाएको छ । कार्यक्रमका लागि चितवनका झण्डै एक हजार जना विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको फनपार्कका अध्यक्ष तिवारीले जानकारी दिए । यही वैशाख १ गतेबाट नयाँ वर्षको उपलक्ष्यमा वृहत् सुरुवात गरिने पार्कमा एक महिनासम्म सर्वसाधारणले २५ प्रतिशत छुट फन पार्कले जनाएको छ।

फनपार्कभित्र ३०० वटा मोटरसाइकल र २०० वटा गाडी पार्किङ गर्ने गरी पार्किङ सुविधा उपलब्ध छ । नेपालकै ठूलो फनपार्कमा नागरिकले मिनी रेल, ट्रयाम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइडको आनन्द लिन सक्नेछन् । त्यस्तै शाहसिकरुपमा खेलको आनन्द लिन चाहनेहरुलाई फनपार्कभित्र नै १६५ फिट लामो स्लाइडको व्यवस्था गरिएको छ । चितवन क्षेत्र पोखरा र काठमाडौंको तुलनामा बढी गर्मी हुने ठाउँ भएकोले सेवाग्राहीलाई शीतलता प्रदान गर्न कमर्सियल स्विमिङ पुल र अम्ब्रेला वाटर फलको पनि व्यवस्था गरिएको छ ।

 

merokhabarsathi

Read Previous

तीर्थयात्री चढेको पिकअप भ्यान दुर्घटना हुँदा ११ जना घाइते

Read Next

कक्षा ८ को परीक्षा फल प्रकाशित, यसरि हेरौ परीक्षाफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *