तीर्थयात्री चढेको पिकअप भ्यान दुर्घटना हुँदा ११ जना घाइते

पाथीभरा दर्शनपछि फर्किएका बारा निजगढका तीर्थयात्री चढेको पिकअप भ्यान गएराति दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।

बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।

merokhabarsathi

Read Previous

६ संघ संस्थाले गरेआज रक्तदान

Read Next

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा जेम्स वर्ल्ड फनपार्कको भोलि समुद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *